चोरको नयाँ काइदाः बास मागेर डकैती

  • २७६
  • शनिबार, १५ मंसिर २०७५

चितवन । मंसिर ७ गते साँझ तीन जना युवा हस्याङफस्याङ गर्दै भरतपुर महानगरपालिका ८, गौरीगन्जका स्थानीय तारानाथ सुवेदीको घरमा आए । ‘हामीलाई बचाइदिनुस्, ज्यान जोगाइदिनुस्’ भन्दै एक्कासी घरभित्र पसे ।

कसैले लेखेटेको होलान् भनेर सुवेदीका परिवारले आश्रय दिए । साँझको बेलामा बास मागेछि नबस् भन्न पनि भएन । उनीहरु मध्ये एक जनाले खाना पनि खाए ।

घरमा बुढीआमा, पाहुना छोरीज्वाइँ, साना वालबच्चा थिए । जाडोको समय भएकालेसबैजना एउटै कोठामा बसेर गफ गरिरहेका थिए । रात छिप्पिँदै गएपछि शरण माग्दै आएका तीन युवाले अर्को रुपमा देखाए ।

चक्कु, हथौठा देखाए । एक ढोकामा कुरेर बसे । दुई जनाले घर परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिए र तिमीहरुसँग नगद ५ लाख छ, हामी त्यही लिन आएको हौं भन्न थाले ।

सुवेदीसँग जम्मा २ लाख थियो । उनले त्यही दिए । उनीहरुले जसरी पनि ५ लाख पुर्‍याएर लैजाने हो, के के छ निकाल नत्र मारिदिन्छौं भन्दै धम्की दिए । नगदसहित सुनचाँदीका गरगहना, मोबाइल, ना ४१ प २०७६ नम्बरको मोटरसाइकल गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लिए र राति २ बजेतिर परिवारका सदस्यहरुलाई घरभित्र थुनेर तीन जना फरार भए ।

जब पुलिसको फन्दामा परे ..

घटनाको जानकारी पाउनासाथ चितवन प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थाल्यो । प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले कल डिटेलका आधारमा लोकेसन पत्ता लगायो ।

प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले चोरीका मुख्य योजनाकार मकवानपुरको हेटौंडा नगरपालिका-२ घर भई हाल भनपा ९ वस्ने ५० बर्षका रामचन्द्र थापा र राक्सीराङ गाउँपालिका-८ का रामकुमार मोक्तानलाई मंसिर १२ गते पक्राउ गर्‍यो । अर्का अभियुक्त मकवानपुर थाहा नगरपालिका वडा नः ७ आग्राका सन्तबहादुर थिङलाई प्रहरीले मंसिर १४ गते पक्राउ गर्‍यो ।

चोरी गरेको सुन खरिद गर्ने रनपा १० का कृष्ण ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मुख्य अभियुक्त रामचन्द्र थापा २०६६ जेठ २७ गते राति चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेश्तोल देखाई धनमाल डाँका गरेको मुद्धामा पक्राउ परी साढे ७ वर्ष जेल बसेर छुटेका थिए ।

अर्का अभियुक्त रामकुमार मोक्तान भने डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष जेल परेका थिए ।

उनीसँग सुनको सिक्री दुईथान, वेरुवा औंठी लगायतका गरगहना र नगद १९ हजार पाँचसय वरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई डाँका चोरी मुद्धामा चितवन अदालतबाट म्याद थप गरी कानुनी कारर्वाही अघि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

यसअघि गएको असोज १२ गते पनि चितवनको माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएको थियो । माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालयनजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए । यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.