रिहा भइन् सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर

  • २४१
  • सोमबार, १६ पौष २०८०

सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिएको छ।

सिक्किम क्रोनिकल्स अखबारका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो।

"उनलाई नेपाल फिर्ता गरिएको छ। तर उनीमाथि लागेको आरोप अनुसन्धानकै क्रममा छ। सूचना जारी भएपछि उनी अदालतमा हाजिर हुन आउनुपर्नेछ," सिक्किम क्रोनिकल्सले सिक्किम प्रहरीलाई उद्धृत गर्दै लेखेको छ।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार उमालाई पक्राउ गरेको थियो।

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।

सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकिँदै गर्दा उमाले सिक्किमवासीबीच साम्प्रदायिक अशान्ति फैलाएको आरोप छ।


उमाले केही दिनअघि सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।

उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इनर लाइन परमिट पनि नलिएको आरोप छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com