बोडेमा मिनी फुडफेस्टिभल सँगै साँस्कृतिक कार्यक्रम तथा उपत्यकाव्यापी धिमय् प्रतियोगिता हुने

  • १३६
  • मंगलवार, १३ चैत्र २०८०

भक्तपुर : नयाँ बर्ष तथा विस्का जात्राको अवसरमा भक्तपुरको बोडेमा मिनी फुडफेस्टिभल सँगै साँस्कृतिक कार्यक्रम तथा उपत्यकाव्यापी धिमय् प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमय् गुठी खपला धिमय् गुठीको सहकार्यमा उपत्यकाव्यापी धिमय् बाजा प्रतियोगिता तथा संस्कृति मेला हुने भएको हो ।
आज पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत २६ गते मध्यपुर थिमि ८को लायकुमा हुने आयोजकले जनाएको छ । ।
प्रतियोगिता संयोजक दिलकृष्ण प्रजापतिले धिमय् प्रतियोगितासँगै हुने संस्कृति मेलाले बोदेको इतिहास झल्काउन सहयोग पुग्ने बताए । पहिलोपटक बोडेमा ऐतिहासिक काम हुन लागेको उल्लेख गर्दै उनले मेलामा २५ स्टल रहने र सो मेलामा मिनी फुड फेस्टिबल, तस्बिर प्रदर्शनीसमेत हुने बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com