नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ ।
उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हो । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन । मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
दिवंगत अम्बिकाका ३ छोरा र १ छोरी छन् । सांसद थापा उनको माहिला छोरा हुन् भने जेठो छोरा दुर्दम थापा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक र कान्छा छोरा प्रकाश थापा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष रहेका छन् । ३ छोरा र छोरी शकुन्तला सबै नै सूर्यविनायक-५ सल्लाघारी निवासी हुन् ।