नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा आज मातृ वियोगले शोकमा रहनुभएका प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापा लगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न भक्तपुर स्थित थापा निवास पुग्नुभएको छ । आजै नेपाली काांग्रेका नेता प्रकाशमान सिंह र बागमति प्रदेशका सभापति इन्द्र बानियाँ पनि समवेदना प्रकत गर्न थापा निवास सल्लाघारी पुग्नुभएको थियो । थापाकी ममतामयी माता अम्बिका थापाको ८० बर्षको उमेरमा बिहीवार बिहान उपचारको क्रममा मध्यपुर अस्पतालमा निधन भएको थियो ।

