सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

  • ८८
  • बुधबार, २७ भाद्र २०८०

सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।

‘चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने छन् ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो ।

तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा चिनीको बिक्री भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com