- १७४
- बुधबार, २७ भाद्र २०८०
नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरबको रियादमा जारी आईडब्लुए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
उनले पुरुष ९६ केजी तौल समूहमा स्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले बनाएको छ ।
विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।
विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
विशालले यसअधि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विशाल सिंहले ब्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा १८१ केजीको कीर्तिमान बनाएका थिए ।
यसअघि नेपालका अर्का खेलाडी विकास भट्टले पुरुष ११ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
१६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा नेपालबाट ५ खेलाडी सहभागी छन् ।
महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारद चौधरीको प्रतिस्पर्धा सकिसकेको छ । महिला खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।
विशाल, विशाल, टिकामाया र शारदा चारै खेलाडीले चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् ।
अब वर्ल्ड च्याम्पियनसिपमा नेपालका सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उनले पुरुष १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।