श्रीमतीको नाममा जग्गा लिने पूर्वनिर्वाचन आयुक्तलाई सरकारी वकिलको उन्मुक्ति

  • १४६
  • बुधबार, २७ भाद्र २०८०

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका अवकाश प्राप्त सहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय भएको छ ।

६२ दिन हिरासतमा राखेर अनुसन्धान भएपनि मुद्दा चलाउने बेला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो । सरकारी वकिल महेश खत्रीले शाहलाई प्रतिवादी नबनाइ मुद्दा लगिएको पुष्टि गरेका छन् ।

सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखाएको थियो ।

शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो ।

तर, सरकारी वकिलले उनीविरुद्ध पनि मुद्दा नचलाउने निर्णय गरेको छ । मुद्दा नचलाउने निर्णय गर्दा के आधार सरकारी वकिलले लिएको छ भन्ने स्पष्ट भइसकेको छैन ।

सीआईबीले भने उनीविरुद्ध २९ करोड ३२ लाख मागदाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com