ठेलामा आज किन आगो निभ्यो होला ?थाहा छैनसलाई नपाएर हो,या त व्यापार चौपट भएर,अथवा सलाई बाल्ने शक्ति नै नभएर पो हो कि?
यसको कारण कसलाई सोध्नुपर्ने हो?इतिहासलाई या त भविष्यलाई?म अझै अनभिज्ञ छुकिनकिआज मेरा पेटका देवताहरू धेरै रिसाएका छन् ।