२७ भदौ, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका-५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो ।
समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।