हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो, नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो ।
अब मीठोको यो सूचीलाई ठीक पछाडिबाट राखियो भने ती खानेकुरा स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छन् । अर्थात् स्वास्थ्यका लागि क्रमशः टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका लागि कम प्राथमिकतामा पर्छ ।