चिच्याएर वर माग्ने भक्तजनले चढाए साढे १८ लाख भेटी

  • ९८
  • शनिबार, १६ मंसिर २०८०


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ ।

एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

 


यहाँ मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन छ । त्यसका लागि नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।

कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजन आउने गरेका छन् । यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण गत वर्षको लुतनामा केही पोहोर सालभन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com