मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

  • १५१
  • सोमबार, १८ मंसिर २०८०


हेटौंडा । मकवानपुरको हेटौंडामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

पानीस्वारा स्थित कच्चा सडकमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ भिरबाट करिब ३०० मिटर तल खस्दा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम डीएसपी लक्ष्मी भण्डारीले बताए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com