काठमाडौं । बैंकिङ कसुरको आरोपमा तत्कालिन किष्ट बैंकका नायव महाप्रवन्धक बीएन घर्ती र प्रवीण श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को टोलीले बिहीबार उनीहरु २ जनालाई नियन्त्रणमा लिएको हो ।
किष्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको सिआइवीले जानकारी दिएको छ ।
पाटनस्थित पुनरावेदन अदालतले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो ।
६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो ।