माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने, विधान सम्मेलन मंसिरमा

  • ९७
  • सोमबार, १५ साउन २०८०

कपा (माओवादी केन्द्र)ले पनि केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने भएको छ।


सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए।

यसअघिका बैठक लाइभ हुने गरेका थिएनन्। गत साउन २ गतेदेखि एक साता चलेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरिएको थियो। कांग्रेसपछि सत्ता साझेदार दल माओवादीले पनि बैठकमा प्रत्यक्ष प्रसारणको अभ्यास गर्न लागेको हो।


विधान सम्मेलन म‌सिरमा
माओवादी केन्द्रले विधान सम्मेलन गर्ने तयारी गरेको छ। पार्टी पदाधिकारीको बैठकमा केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय भएको शर्माले बताए ।

विधान सम्मेलनको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको र मंसिरमा विधान सम्मेलन गरिने जानकारी उनले दिए।

उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com