प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच छलफल

  • १८८
  • सोमबार, १५ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ७ बजे भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको परियारले  जानकारी दिए।

‘संसद सञ्चालनमा यहाँहरूले राम्रै भूमिका खेलिरहनुभएको छ। यसलाई अझ प्रभावकारी बनाउन यहाँहरूको भूमिका अपेक्षित छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ उनले भने।

त्यस्तै छलफलमा आफूले संसदीय समितिका सभापति चयनमा ढिलाइ भइरहेको पनि बताएको परियारको भनाइ थियो।

‘समितिमा महत्त्वपूर्ण विधेयकमाथि छलफल भइरहेको छ। तर, समितिका सभापति नहुँदा छलफल प्रभावकारी हुन सकेको छैन।

यथाशीघ्र चयन प्रक्रिया अघि बढाउनुपर्‍यो भनेर ध्यानाकर्षण पनि गराए,’ उनले भने, ‘जवाफमा प्रधानमन्त्री सकारात्मक रहेको पाएँ।’

त्यस्तै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि चासो राखेका थिए।

कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति बनाएर त्यसमा छलफल गरिरहेको छ। उपसमितिमा परियार पनि छन्।


‘हामीले राज्य र विद्रोही दुवैतर्फबाट पीडितलाई बोलाएर छलफल गर्‍यौं। विधेयकका अन्तरवस्तुबारे राष्ट्रिय मानवअधिकार आयोग, कानुनविद्, सरोकारवाला, प्रबुद्ध व्यक्तित्वहरूसँग पनि कुराकानी गरेर प्रतिवेदन लेखन भइरहेको जानकारी गराएँ,’ उनले भने, ‘उपसमितिले प्रतिवेदन बनाएर समितिमा बुझाएपछि त्यहाँ पनि छलफल हुन्छ। यसबारे पनि प्रधानमन्त्रीलाई बताएँ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र टुंग्याउन प्रधानमन्त्री गम्भीर रहेको आफूले पाएको परियारको भनाइ थियो।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com