भक्तपुर अस्पतालः ३ सय शैयामा स्तरउन्नती

  • ३०२
  • शुक्रबार, ६ पौष २०८०

भक्तपुर । उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालको स्तरोन्नती हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार डीपी ढकालले अस्पतालको क्षमता र सेवा दुवैको स्तरोन्नती गर्ने निर्णय भएको जानकारी दिए । ‘भक्तपुर अस्पताल १०० बेडको अस्पतालबाट अब ३०० बेडको अस्पतालमा स्तरउन्नती भएको छ । अब भक्तपुर अस्पतालमा थप डाक्टर ,नर्स र प्राविधिक जनशक्ति सहितको सेवा क्षेत्र बिस्तार तीन गुणा हुनेछ । भक्तपुर अस्पतालको स्तर उन्नति गर्ने एउटा संकल्प पूरा भएको छ ।’ बागमती प्रदेश सरकार मन्त्रिपरिषको हिजोको बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना ९प्राबिधीक सहित० कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकार मातहत संचालनमा आएपछि स्थापनाको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा समेत शुरु गर्न सफल भयो । तत्कालिन मेसु डा सुमित्रा गौतमको नेतृत्वमा बिज्ञ चिकित्सक सहितको नियमित र विश्वासिलो उपचार सेवा पाउन थालेपछि भक्तपुरका बिरामीहरु मात्र नभई आसपासका जिल्लाका बिरामी पनि भक्तपुर अस्पतालप्रति आकर्षित हुन थालेका हुन् । दुरबिन प्रविधि बाट शल्यक्रिया, अल्जाइमर्स र मानसिक रोगको निशुल्क सेवा, मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको निशुल्क स्क्रिनिङ, सुविधासम्पन्न प्रसुती सेवा, एनआइसीयु, एचडियु लगायतका सेवाले गर्दा दिनहु करिब १ हजार बढी बिरामी भक्तपुर अस्पतालमा उपचार गर्न आउने गरेका छन् । गम्भीर प्रकृतीका बिरामीलाई अस्पतालसम्म सुरक्षित ल्याउन प्रदेश सरकारले भक्तपुर अस्पताललाई उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स समेत प्रदान गरेको छ । आर्थिक वर्षमा खरिद हुने गरी करिब ८ करोड मूल्यको सिटी स्क्यान मेसिनका लागि भक्तपुर अस्पताललाई बजेट बिनियोजन समेत भएको छ । माओवादी केन्द्रका भक्तपुरका नेतासमेत रहेका ढकालले भक्तपुर अस्पताललाई ३ सय शैयामा स्तर उन्नती गरिएपछि उपचारका लागि स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । प्रदेश सरकार मातहत जानु अघि ७५ शैयाको अस्पताल हाल १ सय ८८ शैयाको सुविधा सम्पन्न अस्पतालको रुपमा संचालनमा रहेको छ । नयाँ भवन निर्माण सम्पन्नको चरणमा रहेको र पुरानोमा रेक्ट्रोफिटिङ्ग तथा मर्मत सम्भार समेत सकिएको बताउदै मेसु डा त्रिभुवन चन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरु उत्साहित भएको बताए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com