नक्कली शरणार्थी प्रकरणका ‘हाई प्रोफाइलहरु’ थुनामै

  • १२१
  • शनिबार, १६ मंसिर २०८०


काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर आधा जसोलाई धरौटी वा सामान्य तारिखमा छाडेको उच्च अदालत, पाटनले उच्च तहका आरोपितहरुलाई भने पुर्पक्षका लागि थुनामा नै राख्ने आदेश सुनाएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा दुई न्यायाधीशवीच राय बाझिएको छ ।

उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका राजनीतिज्ञ, पदमा बसेकाहरु र प्रत्यक्ष जोडिएकाहरुलाई थुनामा पठाउने जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

 

अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितलाई भने धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको छ । नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा करोडौं ठगी गरेको आरोपमा जिल्ला अदालत, काठमाडौंले १ असारमा पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com