गठबन्धको सरकारले सोचे अनूरुप सफलता हात पार्न सकेन : प्रमुख बिश्वकर्मा

  • ३५५
  • बिहीवार, १२ पौष २०८०


भक्तपुर । नेपाली काँग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन बिश्वकर्माले गठबन्धको सरकारले सोचे अनूरुप सफलता हात पार्न नसकेको बताएका छन् ।

बिश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरुप काम गर्न नसकेको रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रमा बताए ।

उनले भने ,वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्छु भन्नु, फायल खोल्ने नियमन गर्ने कार्यालय चुप लागेर बस्ने र जनता भ्रष्टाचार भइरहयो भनेर कराइरहने बिषयमा तालमेल नमिलेको बताए ।

लुम्बिनीमा बनेका उधोग मन्त्रीका बिषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा सम्म कसैले केहि नभन्ने र कुनै कम्जोरी, उजुरी नपरेको भएता पनि हाल जनताले अनुमोदन गरेर पठएका प्रदेश सभासदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने बताए । उनले तथ्य आधार नभएको अवस्थामा आनबश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने बताए ।

बजारमा चले अनुसरा अर्थतन्त्रको अवस्था डामाडोल नभएको र क्रमिक रुपमा सुधार हुँदै गएको बताउँदै उनले भने, अथतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन सकेको छैन ।

प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डको एक बर्षे पूर्ण पाठले मन्त्री फेरबदल गरेर भय पनि आफ्नो कार्यकाल सफल बनाउछु भन्नू सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टिकाटिप्पणी गर्नु नहुने उनले बताए ।

पुराना राजनितिक दलहरुलाइ आक्षेप लगाएर गणतन्त्रको उपलब्धीमा प्रश्न उब्जाउनेहरूले देशमा अराजकता फैलाउन खोजेको उनले आरोप लगाए ।

नेपालको कुटनीतिक पाटो मौसमी रहेता पनि गठबन्धनको सरकार पश्चात कुटनीतिक पाटो सबल बन्दै गएको र केहि सुधारको पक्ष देखिएको पछिल्ला अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारले जनाएको उपस्थितिबाट प्रष्टिने बिश्वकर्माको भनाई छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com