धरहराको पार्किङ विवादमा मन्त्रालय-महानगर आमनेसामने

  • ७९
  • सोमबार, २२ माघ २०८०


काठमाडौं । सुन्धारास्थित निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो ।

९ माघदेखि पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो । तर न्यूरोडका व्यवसायी आन्दोलित भएपछि महानगरपालिकाले १४ माघदेखि निर्माण कम्पनी जिआईईटीसी-रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा दुई पाङ्ग्रे सवारी साधनका लागि पनि पार्किङ खुलाएको थियो ।

धरहराको ‘प्राइम लोकेसन’मा निःशुल्क पार्किङ गर्न पाइने भएपछि त्यहाँ भीड बढेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन् । उनका अनुसार न्युरोडको विकल्पमा धरहराको भूमिगत पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र पुरानो बसपार्कस्थित काठमाडौं टावरमा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न निःशुल्क उपलब्ध गराइएको छ ।

अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको एक तलामा मात्र १ हजार ५ सय दुईपाङ्ग्रे सवारी साधन अट्छन् । निःशुल्क पार्किङ सुरु गरेको दोस्रो दिन -१५ माघ० मा महानगरले ९ सयभन्दा धेरै सवारी पार्किङ भएको जनाएको थियो ।

धरहराको पार्किङ खुला भएको करिब एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको छ । तर महानगरपालिका पछि हट्ने संकेत देखिएको छैन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com