भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ प्रदेश सभा सदस्य किरण थापामगरले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ६ मा रहेको पाण्डुबजार खानेपानी आयोजना डीप बोरिङ गरि बिहिबार शिलान्यास गर्नुभयो । आयोजनाले पाण्डुबजारमा रहेको एक व्यक्तिको जग्गा भाडामा लिइ प्रदेश सभा सदस्य थापाले शिलान्यास गर्नुभएको हो । केहि महिना अघिमात्र काँग्रेसको तर्फबाट खानेपानी आयोजनाको अध्यक्ष बन्नेका हरिकृष्ण श्रेष्ठ र आयोजनाका कार्यलय प्रमुख समेत रहनु भएका नेपाली काँग्रेस भक्तपुर नगर सभापति राजेन्द्र तमखु हुनुहुन्छ । आदुई दशक अघी स्थापना भइ सो बेलादेखि काँग्रेसको नेतृत्वमा रहेको खानेपानी आयोजना अहिले एमाले नेताबाट शिलान्यास गरेपछि सो कार्यक्रममा स्थानीय एमालेका स्थानीय नेता तथा कार्यक्रताको ठूलो सहभागि थियो । त्यसो त एमाले नेता महेश बस्नेतले पाण्डुबजार क्षेत्रमा धेरै वर्षदेखि आफ्नो प्रभुत्व कायम गर्न खोजिएकोमा यसपालि भने खानेपानी आयोजना शिलान्यास गरेर सफल भएको दावि एमालेको छ । एमाले प्रदेशसभा सदस्यबाट शिलान्यास गराएपछि काँग्रेस निकट खानेपानी आयोजनाका धेरै अनुपस्थित थिए । यसबाट एमाले धेरै उत्साहित भएका छन् ।