एमटीभी म्युजिक भिडियो अवार्डमा टेलर स्वीफ्टको दबदबा (तस्वीर)

  • ८६
  • बुधबार, २७ भाद्र २०८०

यस वर्षको एमटीभी म्युजिक भिडियो अवार्डमा गायिका टेलर स्वीफ्टको दबदबा देखिएको छ । ठूला विधामा कब्जा जमाउँदै उनले विश्व संगीतको प्रतिष्ठित अवार्ड आफ्नो पोल्टामा पारिन् ।

स्वीफ्टले आफ्नो पछिल्लो गीत ‘एन्टीहिरो’बाट भिडियो अफ द इयर, आर्टिस्ट अफ द इयर, सङ अफ द इयर, बेस्ट पप, बेस्ट डिरेक्सन, भिजुअल इफेक्ट, सो अफ द समर विधा जित्दै इतिहास रचिन् ।

साथै बेस्ट सिनेम्याटोग्राफी, ‘मिडनाइट’बाट एल्बम अफ द इयरमा पनि स्वीफ्टकै पोल्टामा पुग्यो । उनी यस वर्ष ११ वटा विधामै मनोनित थिइन् ।

‘सुपर फ्रिकी गर्ल’बाट निकी मिनाजले बेस्ट हिपहप विधामा ट्रफी उचालिन् । उत्कृष्ट एफ्रो-बिट्स विधामा रेमा र सेलेना गोमेजले पछिल्लो चर्चित गीत ‘काम डाउन’बाट जित निकाले । ‘पिंक भेनम’बाट के-पप ब्याण्ड ब्ल्याक पिंकले कोरियोग्राफी विधा जित्दा यही ब्याण्डको पोल्टामा ‘ग्रुप अफ द इयर’ पनि पुग्यो ।

एमटिभी म्युजिक भिडियो अवार्ड २०२३ मा विश्व संगीतका चर्चित अनुहार उपस्थित थिए । रेडकार्पेटमा उनीहरुले फेसनको जादूसमेत छरे ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com