गीत सार्वजनिक गर्दै सुनिलले भने- अनमोल छोराजस्तै, भुवनले विवाद मिलाउन सघाए

  • ३७९
  • बुधबार, २७ भाद्र २०८०

फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’को नयाँ गीत ‘झिझिया’ मंगलबार सार्वजनिक गरियो । उक्त समारोहमा निर्माता सुनिलकुमार थापाले सुरुमै प्रश्नको सामना गर्नुपर्‍यो- अनमोल केसीलाई फिल्ममा नलिएकाले कतै भुवन केसीले सेन्सर सिफारिस रोकेका त होइनन् ?

‘एक भगवत् र एक गीता (सामाजिक कथा)का निर्माता थापाको जवाफ थियो, ‘अनमोल मेरो परिवारको सदस्य हो । मेरो छोराजस्तै हो । उसले मेरो प्रोडक्सनबाट दुईवटा चलचित्र गरिसक्यो । आउने दिनमा पनि हामीसँगै हुनेछौं । यी सब हल्ला मात्र हुन् । भुवन केसीले त विवाद मिलाउन सहयोग गर्नुभएको छ ।

भुवनप्रति आफूहरुको कुनै गुनासो नरहेको सुनिलले बताए । ‘कुरा रह्यो अनमोलको । उसलाई हाम्रो चलचित्रको कहानी सबै थाहा छ । उसलाई सुरुमै फिल्मको अफर थिएन । म यो कहानीमा फिट छैन भन्ने उसलाई पहिले नै थाहा थियो,’ उनले भने ।

समारोहमा फिल्मको नयाँ गीत ‘झिझिया’ सार्वजनिक गरियो । मैथिली भाषाको यो गीतलाई प्रवेश मलिकले संगीत दिएका छन् । नेहा प्रियदर्शनीसँग मिलेर मलिकले स्वर दिएका छन् । मैथिली समुदायको परम्परागत गीत बताइएको यो ट्रयाकलाई दुर्गा पूजाको क्रममा नाच्ने चलन रहेको बताइएको छ ।

जनकपुरको जानकी मन्दिर परिसरमा छायांकन गरिएको गीतमा सुहाना थापा फिचर्ड छिन् । आफ्नो अर्को फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियरबाट फर्किएका विपिन उक्त समारोहमा उपस्थित थिए । झरना थापा निर्देशित यो फिल्म आगामी शुक्रबार प्रदर्शन तयारीमा छ । सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्रसहित यसलाई प्रदर्शन अनुमति दिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com