अभिनेता दयाहाङ राईले विदेशी फिल्मको चेपुवामा परेर नेपाली फिल्मले शो पाउन नसकेको सन्दर्भमा टिप्पणी गरेका छन् । आफू अभिनित फिल्म ‘नांगो गाउँ’को प्रेसमिटमा बोल्दै राईले नेपाली फिल्मले गुणस्तर र प्रतिस्पर्धाबाटै शो पाउने क्षमताको विकास गर्नु जरुरी रहेको बताए ।
प्रतिस्पर्धा गर्ने अधिकार विदेशी फिल्मलाई पनि रहेको भन्दै उनले व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने समेत बताए । ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई छ । नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्नुपर्छ,’ उनले भने ।