एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्ने

  • १८०
  • आइतबार, १७ मंसिर २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।


यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो ।

दुई खेलबाट ३ अंकसहित इलाम छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १-० ले पराजित भएको थियो ।

स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् । उनी मार्की पनि हुन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com